सुदूरपश्चिम

धनगढीको फर्निचर उद्योगमा भएको आगलागी नियन्त्रणमा, करोडौंको क्षति

इकागज |
फागुन २२, २०७७ शनिबार १४:४२ बजे

धनगढी: धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भएको आगलागी साढे दुई घण्टापछि नियन्त्रणमा आएको छ । आलोक मल्टी कन्सर्न प्रालिमा लागेको आगो धनगढी उपमहानगरपालिकाका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

आगलागीबाट करिब तीन करोड बढिको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन । आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



Author

थप समाचार
x