सुदूरपश्चिम

केभिड संक्रमित सुदूरपश्चिमका कानून मन्त्री अस्पताल भर्ना

इकागज |
कात्तिक २०, २०७७ बिहीबार १५:४६ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई अस्पताल भर्ना गरिएको छ । कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना गरिएको हो ।

‘संक्रमण पुष्टि भएपछि मन्त्री ज्यू होम आइसोलेसनमै बसिरहेका थिए । आज स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ,’ मन्त्री शाहका स्वकीय सचिव जंगबहादुर बिकले भने, ‘नाकबाट रगत बगिरहेको छ । अवस्था सुधार नभए अन्यत्र रेफर गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ ।’ 



Author

थप समाचार
x