सुदूरपश्चिम

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

इकागज |
चैत ३, २०७७ मंगलबार १४:४८ बजे

प्रतिकात्‍मक तस्‍वीर

कञ्‍चनपुर : कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले कञ्चनपुर-१ बुद्दबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा)लाई पक्राउ गरेको हो ।

२०४६ चैत २ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकिएका तामाङलाई आफ्‍नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्‍ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्‍ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । उनकाअनुसार  उनीमाथि वारदाताका समयमा उधारोमा १५ सयको भैँसी किनेर उक्त पैसा नतिरेको विषयमा झैझगडा हुँदा कुटपिटबाट स्थानीय नाम्जा तामाङको मृत्यु भएको मुद्दा छ।



Author

थप समाचार
x