सुदूरपश्चिम

सुदूरपश्चिममा समाजवादीलाई फिर्ता बोलाएर कांग्रेस भित्र्याउने सहमति

इकागज |
फागुन ३०, २०७८ सोमबार १८:२२ बजे

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागी हुने भएको छ । तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेको छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन् ।

धनगढी विमानस्थमा संचारकर्मीहरु सँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेको बताए । ‘चुनाव आएको छ, कांग्रेसले पनि सरकारमा जान चाहेको छ’, प्रचण्डले भने, ‘एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बोलाएर कांग्रेस भित्र्याउने सहमति भएको छ ।’


यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको उनले बताए । हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसको समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्‍मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीतबारे समेत बोलेका छन । उनले सपुतको गीतलाई लिएर आक्रोश व्यक्त नगर्न आग्रह समेत गरे ।


Author

थप समाचार
x