सुदूरपश्चिम

डडेल्धुरामा गोली लागेर एकको मृत्यु

इकागज |
चैत २, २०७८ बुधबार १०:३७ बजे

डडेल्धुरा- डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। 


उनको शव अस्पतालमा राखिएको  छ ।  त्यस्तै घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

नियन्त्रणमा लिइएकाहरूको परिचय भने प्रहरीले खुलाएको छैन। जंगली जनावर बँदेल मार्नको लागि राखिएको बन्दुक पड्केको डीएसपी पालले बताए ।


Author

थप समाचार
x