सुदूरपश्चिम

धनगढीमा विवेकशील साझाले गोपाल हमाललाई सघाउने : भण्डारी

इकागज |
चैत ६, २०७८ आइतबार १६:३० बजे

धनगढी​- विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजकमा दिनेश भण्डारी चयन भएका छन । प्रदेश स्तरीय भेलाले भण्डारीलाई संयोजकमा चयन गरेको हो । व्यवसायी गोपाल हलालले विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजकबाट राजीनामा दिएपछि भण्डारीलाई संयोजक नियुक्त गरिएको हो ।

हमालले संयोजकबाट राजीनामा दिएर धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । नव नियुक्त संयोजक भण्डारीले पार्टीले आफूलाई संयोजकको जिम्मेवारी दिएको बताए । उनले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाललाई सघाउने सहमति भएको समेत बताए ।


उनले मेयरमा उम्मेदवारी नदिएपनि उपमेयरमा भने विवेकशील साझाबाट उम्मेदवारी रहने बताए । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृप बहादुर वडसँग पराजित भएका थिए । पराजित भएलगतै हमाल विवेकशील साझा पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश संयोजक चयन भएका थिए ।


Author

थप समाचार
x