अछाममा एक हजार २३१ म्यादी प्रहरीका लागि आवदेन खुला
अछाम- स्थानीय तहको निर्वाचनको लागि अछाममा एक हजार दुई सय ३१ म्यादी प्रहरी भर्ना लिइने भएको छ । आगामी ३० वैशाखमा देशभर एकैसाथ हुने स्थानीय तहको निर्वाचनका लागि अछाममा एक हजार दुई सय ३१ म्यादी प्रहरी भर्ना लिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विगतमा म्यादी प्रहरीको कार्यअवधि ५५ देखि ६० दिन अर्थात् दुई महिनाको हुने गरेको थियो । यस पटक भने एक महिना वा ४० दिन मात्र बनाउने तयारी भएको छ । तलब सुविधा पनि सोही अनुसार उपलब्ध हुने बताइएको छ ।
म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइने पनि बताइएको छ ।
उमेरको हकमा १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । गृहमन्त्रालयले देशभरबाट एक लाख म्यादी प्रहरी माग गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया