सुदूरपश्चिम

आचारसंहिता लागू हुनुअघि नै सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी गरिने तयारी

इकागज |
चैत २५, २०७८ शुक्रबार १७:५० बजे

फाइल तस्‍बिर

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागी हुने गरि तयारी थालिएको छ । निर्वाचन आयोगले आज रातिदेखि चुनावी आचारसंहिता लागू गर्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको हो।

आज नै आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक बिकास मन्त्री लालबहादुर खड्का र कृषि मन्त्री विनिता चौधरीलाई हटाएर कांग्रेसबाट नयाँ मन्त्रीका रुपमा कैलालीका डिल्ली राज पन्त, डोटीका भरत खडका र समानुपातिकबाट टेकबहादुर रैका नियुक्त गर्ने तयारी भइरहेको छ।


सुदूरपश्चिम सरकारमा सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी रहेको छ । समाजवादीका १४ जना सांसद छन । त्यस्तै प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेस रहेको छ । कांग्रेसबाट १२ जना सांसद छ्न् । त्यस्तै तेस्रो दलको रुपमा नेकपा माओवादी रहेको छ । माओवादीबाट मुख्यमन्त्री सहित ११ जना सांसद रहेका छन् ।


Author

थप समाचार
x