सुदूरपश्चिम

प्रथम मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियाेगिताको तयारी पूरा

इकागज |
बैशाख २, २०७९ शुक्रबार १४:३० बजे

कैलाली - नयाँ वर्षको अवसर पारेर धनगढीमा शुरु हुन लागेको सुदूरपश्चिम प्रदेश प्रथम मुख्यमन्त्री वनदेवी युवा क्लब (बिवाइसी) महिला गोल्डकप फुटबल प्रतियाेगिताको तयारी पूरा भएको छ।

आयोजक वनदेवी युवा क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिला गोल्डकपको तयारी पूरा भएको जनाएकाे हाे । वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढीस्थित रंगशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए । प्रतियोगितामा विभागीय टिम सहित ८ क्लबको सहभागिता रहने बताउदै अध्यक्ष जोशीले गोल्डकपको बिजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपबिजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैया पुरस्कार राशी प्राप्त गर्ने बताए ।


प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैया प्राप्त गरिने आयोजक क्लबका अध्यक्ष जोशीले बताए । महिला गोल्डकप संचालनका लागि करिब १ करोड रुपैया खर्च लाग्ने अध्यक्ष जोशीले बताए । धनगढी स्थित रंगशालामा आयोजना हुने प्रतियोगिता रात्रीकालीन हुने आयोजक बनदेवी क्लबले जानकारी दिएको छ ।

दिउँसो अत्याधिक गर्मी हुने भएकाले पहिलेपटक रात्रीकालीन प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष जोशीले बताए । टाइसिट तथा ट्रफी सार्बजनिक भोलि देखि शुरु हुने महिका गोल्डकपको टाइसिट सार्वजनिक गरिएको छ । भोलिको पहिलो खेल बिभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटका बीच हुने छ ।


Author

थप समाचार
x