सुदूरपश्चिम

धनगढीका लागि नेकपा एसले गर्‍यो उम्मेदवार सिफारिस

इकागज |
बैशाख ४, २०७९ आइतबार १९:४२ बजे

कैलाली - वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको समाजबदीको धनगढी उपमहानगर कमिटीको बैंठकले मेयर र उपमेयरका लागि नाम सिफारिस गरेको हो । कमिटीले मेयरमा मदनराज रेग्मी, लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ भने उपमेयरमा रोजी बस्नेतलाई सर्बसम्मत उम्मेदवार छनौट गरेको छ । नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बाँनिया प्रदेश कमिटी सदस्य हुन् ।


त्यस्तै उपमेयरका उम्मेदवार बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन । त्यस्तै कमिटीले १९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा उम्मेदबारी घोषणा गरी चुनाबमा होमिने निर्णय समेत गरेको नगर कमिटी अध्यक्ष रेग्मीके बताए । उनले वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुंग्याउने बताए ।


Author

थप समाचार
x