सुदूरपश्चिम

यस्ताे छ धनगढीमा स्वतन्त्रबाट मेयरका उम्मेदवार हमालका घाेषणापत्र

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १३:५६ बजे

कैलाली - धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका गोपाल हमालले आगामी पाँच वर्षका लागि गरिने मुख्य योजनाहरू सार्वजनिक गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूलाई स्थानीय तहको निर्वाचनमा निर्वाचन गरी उपमहानगरपालिकालाई भ्रष्टाचार, लोककल्याणकारी, स्वच्छ, सुन्दर र समृद्धि नमुना शहर बनाउनमा योगदान दिनमा समेत सबैमा आग्रह गरेका छन् ।

उनले धनगढीलाई आगामी पाँच वर्षमा मुलुककै सुन्दर, समुन्नत र नमुना शहर बनाउने मुख्य एजेण्डामा राखेका छन् । उनले धनगढी उपमहानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त बनाइनेदेखि लिएर धनगढी नगरभित्रमा टेलिफोन सुविधा नपुगेका स्थानहरूमा टेलिफोन सेवा पुर्‍याउने लगायतका एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।


आफू मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता,गाडी,इन्धन, यातायात,होटलबास लगायतका कुनै पनि सेवा सुविधा नलिने घोषणा यसअघि नै गरि सकेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नृप वड निर्वाचित भएका थिए । वडले १४ हजार ३२४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाएका थिए ।


Author

थप समाचार
x