सुदूरपश्चिम

कैलालीमा एमालेका उम्मेदवारको टुङ्गो

इकागज |
बैशाख ११, २०७९ आइतबार १५:१२ बजे

कैलाली - नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ ।

केन्द्रीय सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गरेको भोलिपल्ट आइतबार एमालेको प्रदेश कमिटीले बाँकी रहेका १२ मध्ये १० वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको हो ।


 चुरे र मोहन्याल गाउँपालिकामा चयन गर्न बाँकी छ । एमाले प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जिल्ला कमिटीले पठाएको आकाङ्क्षीका सूचीका आधारमा उम्मेदवार चयन गरिएको जानकारी दिए ।

उनकाअनुसार टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईँ र उपमेयरमा जुना चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटाला, गौरीगंगा नगरपालिकाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया तथा भजनी नगरपालिकाको मेयरमा हर्क बुढा र तुलसी चौधरी उम्मेदवार बन्ने भएका छन् ।

जानकी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बम र उपाध्यक्ष गीता चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भुल, कैलारी गाउँपालिकाको अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुुराम चौधरी, तथा बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर र उपाध्यक्षमा इन्दु चौधरी सर्वसम्मत उम्मेदवार बनेको पाठकले बताए । त्यस्तै मोहन्याल र चुरे गाउँपालिकाका उम्मेदवारको भने टुङ्गो लाग्न सकेको छैन ।

यी दुवै पालिकामा पनि आइतबार नै उम्मेदवार छनोट गर्ने तयारी रहेको एमालेले जनाएको छ । एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कुन्दकला राना थारुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।


Author

थप समाचार
x