सुदूरपश्चिम

'अभियुक्तको डिएनए र भागरथीको 'भजाइनल स्वाब' मेल खायो'

नवराज पनेरु |
चैत १२, २०७७ बिहीबार १३:५३ बजे

धनगढी: बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको 'भजाइनल स्वाब'सँग पक्राउ परेका अभियुक्तको डिएनए मेल खाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएका अभियुक्त दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्‍तमराज सुवेदीले जानकारी दिए । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीषक मुकेश कुमार सिंहले विधि विज्ञान प्रयोगशालामा अभियुक्त दिनेशको डिएनए र भागरथीको भजाइनल स्वाब पठाइएको आज मात्रै रिपोर्ट आएको पुष्‍टी गरे। उनले भने, ‘दिनेश नै दोषी हुन् भन्ने आधार प्रहरीसंग प्रसस्त थियो । डिएनए पनि मेल खाएपछि मुद्दा झनै बलियो भएको छ ।’


यसअघि अभियुक्तले पुर्पक्षमा रहेको अवस्थामा बयान फेरेका थिए । जिल्ला अदालत बैतडीको आदेशपछि डोटीको दीपायलस्थित सुधार गृहमा रहेका अभियुक्त दिनेशले भागरथीको हत्यामा आफ्नो संग्लनता नरहेको र हत्यामा संग्लन व्यक्तिलाई आफूले देखेको भन्दै बताएका थिए ।

त्यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुवा दिपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव जंगलमा भेटिएको थियो । भागरथी विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।


Author

थप समाचार
x