खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित
कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो । कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो ।
गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया