ट्वीटरमा फर्कियो 'निलो चरा'
काठमाडौँ - सामाजिक प्लेटफर्म ट्वीटरले पुरानै लोगो कायम गरेको छ । यसअघि लोगो परिवर्तन गरेको ट्वीटरले पुन: 'निलो चरा' लोगोमा राखेको हो ।
चरा फर्किएकोबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन । ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन् ।
यसअघि निलो चरा हटाएर नयाँ लोगो ‘डगी’ राखेको थियो । आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन । ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया