Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सूचना-प्रवधि

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्‍चार सेवा प्रभावित

इकागज |
साउन ४, २०८१ शुक्रबार १९:७ बजे

काठमाडौँ- माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ ।

साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ । माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ।


सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका जहाजको उडान अवरुद्ध भएको छ ।

अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन् । हाल उडानमा रहेका उडानबाहेक अहिले कुनै पनि जहाजले उडान नगर्ने भएका छन् ।

माइक्रोसफ्टले माइक्रोसफ्ट ३६५ एप र अन्य सेवाहरूमा प्रयोगकर्ताहरूलाई समस्या भएको र अहिले समस्याको अनुसन्धान र समाधानको प्रयास गरिरहेको जनाएको छ ।

अहिलेसम्म के समस्या आएको हो भन्ने स्पष्ट नभएपनि अस्ट्रेलियाको गृह मन्त्रालयले ग्लोबल साइबर सेक्युरिटी फर्म क्राउडस्ट्राइकमा समस्या आएको बताएको छ ।


Author

थप समाचार
x