सूचना-प्रवधि

एक्समा विश्वकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी

इकागज |
साउन ५, २०८१ शनिबार १२:२७ बजे

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्बाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् ।

एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन् । एक्समा नरेन्द्र मोदीका फलोअर्सको संख्या १० करोड नाघेको छ । 


प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै एलोन मस्कले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई छ ।'

विश्वका ठूला नेताहरू जसको धेरै फलोअरहरू छन् अमेरिकी राष्ट्रपति जो बाइडन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् ।

यद्यपि ट्रम्पलाई सन्‌ २०२१ देखि सन्‌ २०२३ सम्म यस प्लेटफर्ममा प्रतिबन्ध लगाइएको थियो । ट्रम्पका ८.७७ करोड फलोअर्स छन् । जो बाइडेनका ३.८१ करोड फलोअर्स छन् भने एर्डोगनका २.१५ करोड फलोअर्स छन् ।

भारतीय नेताहरूमा राहुल गान्धीका २.६४ करोड फलोअर्स छन् । अरविन्द केजरीवालका २.७५ करोड फलोअर्स छन् ।


Author

थप समाचार
x