नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति गर्दै, सेवा अवरूद्ध हुनसक्ने
काठमाडौँ- नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति गर्ने भएको छ । टेलिकमले एक सूचना जारी गर्दै बिलिङ प्रणाली स्तरोन्नति गर्दा सेवाहरू अवरूद्ध हुनसक्ने जनाएको छ ।
साउन १७ गते राति १२ बजेदेखि करिब चार घण्टा सेवा अवरूद्ध हुने जारी सूचनामा उल्लेख छ ।
उक्त अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद सेवाहरू अवरूद्ध हुनसक्ने भएकाले त्यसअघि नै आवश्यक सेवा लिइराख्न सूचना गरेको छ ।
उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा पीएसटिएन/एफटिटिएच भ्वाइस /डाटा/आइपीटिभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ ।
रिचार्ज/प्याकेज/सब्सक्रिसन वा अन्य कुनै सेवा सम्बन्धी समस्या भएमा १४९८ वा १९८ फोन गर्न सुझाव दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया