सूचना-प्रवधि

नेपालमा भिभो भि४० मोबाइल 'लन्च'

इकागज |
असोज ४, २०८१ शुक्रबार २०:४३ बजे

काठमाडौँ - नेपालमा भिभो भि४० मोबाइल लन्च भएको छ । सोल्टीमोडस्थित ह्यात प्यालेसमा शुक्रबार आयोजित एक कार्यक्रममा भिभो मोबाइल नेपालले भिभो भि४० लन्च गरेको हो । राज भाइ सुवाल, करन परियार, प्रज्ञात तिमल्सिना र चाइनिज प्रतिनिधिसहित पाँच जनाले मोबाइल लन्च गरेका हुन् । फिस ट्याकंबाट फोन निकालेर सतप्रतिशत वाटरफ्रुव साे गर्दै नयाँ स्टाइलमा फोन लन्च गरिएको थियो ।

साे कार्यक्रममा चर्चित फोटोग्राफर राजु भाइ सुवालले भिभो भि४० ​बाट आफूले  खिचेका तस्बिरहरू देखाएका थिए । उनले माेबाइलको खुलेर तारिफ गरे । 


६५ हजार ९९९ मूल्यमा बजारमा आएको यो फोनको लागी प्री–बुक गर्दा आकर्षक उपहार पाइने कम्पनीले जनाएको छ । प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टि पाउने छन् । प्री–बुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४, २०२४ सम्म खुल्ला रहने जनाइएको छ ।

१२ प्लस २५६ जिबी र्‍याम भएको यो मोबाइल वाटरप्रुफ मोबाइल हो । १.५ मिटर पानीमुनि ३० मिनेटसम्म राख्दा पनि मोबाइल केही नहुने भिभो नेपालको दाबी छ । 

भि ४० मा व्यवसायिक प्रोटेट सिस्टमसहितको फोटोग्राफीको सुविधा छ । इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भि४० व्यावसायिक–स्तरको प्राेटेट फोटोग्राफीको लागि तयार पारिएको कम्पनीको भनाई छ । भिडियो प्रेमीहरूका लागि, जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो संकलन गर्न मिल्ने बताइएको छ । 

जाइस्को सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २ः३९ः१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ । फोटोग्राफी तर्फ भने यसमा एफ्/१.८८ अपर्चर सहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ । जसले कम प्रकाशमा पनि स्पष्ट प्रोटेटहरू खिच्न सक्ने कम्पनीले बताएको छ ।

भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भि४० मा उच्च ‘थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको कम्पनीले जनाएको छ । जसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्ने कम्पनीको दाबी छ ।

औरा डिजाइनमा बनेको ब्याक क्यामेराले गर्दा यसको ‘लुक्स’ आकर्षक छ । निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो, र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले जनाएअनुसार पहिलो बिक्री सेप्टेम्बर २५, २०२४ मा सुरु हुनेछ । 

मोबाइल लन्च कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाल आइडलका करन परियारले गीत गाएर उपस्थितहरूलाई मन्त्रमुग्ध पारेका थिए भने डान्स फिबरको उत्कृष्ट कोरियोग्राफीमा कलाकारहरूले नृत्य गरेर भिभो भि४० को प्रमोसन गरेका थिए । ​

 


Author

थप समाचार
x