सूचना-प्रवधि

यी १० देश : जहाँ सामाजिक सञ्जाल प्रतिबन्ध छ

इकागज |
पुस २३, २०८१ मंगलबार ९:४६ बजे

काठमाडौँ- अष्ट्रेलियाको सामाजिक सञ्जाल सम्बन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । 

छिमेकी मुलुक भारत सरकारले डिजिटल पर्सनल डाटा प्रोटेक्शन (डीपीडीपी) को मस्यौदा पनि प्रस्तुत गरेको छ, यो ऐनअनुसार बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्नुअघि अभिभावकको अनुमति लिनु पर्ने नियम बनाउँदैछ, अर्को छिमेकी मुलुक चीनमा त लगभग सबै सामाजिक सञ्जाल प्रतिबन्ध जस्तै रहेको छ ।


तर तपाईंलाइ यो थाहा नहुन सक्छ कि अष्टेलिया जस्तै विश्वका अन्य १० देशमा पनि सामाजिक सञ्जाल प्रतिबन्धित गरिएको छ । अष्ट्रेलियाः ले बालबालिकाका लागि मात्रै सामाजिक सञ्जाल एपमाथि प्रतिबन्ध लगाएको छ । विश्वका १० देशमा फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता एप या त पूर्ण रूपमा प्रतिबन्धित छन् वा प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

उत्तर कोरियाः सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको छ भने इन्टरनेट प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ ।

चीनः फेसबुक, इन्स्टाग्रामजस्ता  सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो, सरकारले वी च्याटबाट काम गर्ने अनुमति दिएको छ ।

ब्राजिलः  झुटा समाचार फैलाएको भन्दै ट्विटरमा प्रतिबन्ध लगाइएको छ ।

इरानः  राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै इरानमा फेसबुक, एक्स र युट्युब पूर्ण रूपमा प्रतिबन्धत लगाएको छ ।

साउदी अरेबियाः सामाजिक सञ्जालमा कडा नजर राख्छ, मुख्यतया शाही परिवारका बारेमा लेख्न प्रतिबन्ध गरेको छ ।

टर्किः  ट्विटर, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जाल एपहरूमा सेन्सरसिप लगाएको छ।

रुसः  सामाजिक सञ्जालमा कडा प्रतिबन्ध लगाइएको छ, राष्ट्रिय सुरक्षामा खतरा देखिएमा इन्टरनेट सुविधा पनि बन्द गर्दछ

संयुक्त अरब इमिरेट्सः यहाँ साइबर अपराध कानून धेरै कडा छ। सरकार र इस्लाम विरुद्ध बोल्ने पक्राउ पर्न सक्छ र क्षतिपूर्ति पनि तिर्न सक्छ।

इजिप्टः इजिप्टमा पनि सोशल मिडियामा कडा प्रतिबन्धहरू लागु भएका छन्।

भियतनामः सरकारविरुद्ध केही लेखेमा तुरून्त गिरफ्तारी हुन सक्छ।


Author

थप समाचार
x