“आइफोन १७ एयर: इतिहासकै सबैभन्दा पातलो आइफोन, केवल ५.५एमएम?”
काठमाडौं - प्रख्यात एप्पल विश्लेषक मिंग-ची कुओले आइफोन १७ एयर निकै पातलो हुने बताएका छन् । उनका अनुसार आउँदै गरेको आइफोन १७ एयरको पातलो भागको मोटाई केवल ५.५ एमएम हुन सक्छ। यसले २०१४ मा आएको आइफोन ६ (६.९एमएम) लाई पछाडि पार्दै इतिहासकै सबैभन्दा पातलो आइफोन बन्ने उनको दाबी छ ।
'तुलनाका लागि, गत वर्ष आएको एम४ आइप्याड प्रो (११-इन्च मोडेल) को मोटाई ५.३एमएमको थियो। यसबाट आइफोन १७ एयर कति पातलो हुनेछ भन्ने स्पष्ट तस्वीर दिन सक्छ', कुओले भने । यो उपकरणमा सिम कार्ड स्लट उपलब्ध हुने छैन। एप्पलले यसलाई अझै पातलो बनाउन यो कदम उठाएको हुनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया