सूचना-प्रवधि

भारतिय मन्त्री वैष्णव भन्छन्- हामी चाँडै चीनको डिपसिक आफ्नै सर्भरमा होस्ट गर्छौँ

इकागज |
माघ १९, २०८१ शनिबार १३:४० बजे

भारतले चाँडै नै चीनको डिपसिक आफ्नै सर्भरमा होस्ट गर्ने तयारी गरिरहेको छ । भारतका सूचना प्रविधि तथा सञ्चार मन्त्री अश्विनी वैष्णवका अनुसार डेटा सुरक्षा र गोपनीयताको चिन्तालाई यसले सम्बोधन गर्नेछ । 

'डिपसिक एक ओपन-सोर्स मोडेल हो, जुन हामी छिट्टै भारतीय सर्भरमा होस्ट गर्दैछौं' मन्त्री वैष्णवले भने 'यसअघि हामीले मेटाको Llama मोडेल भारतीय सर्भरमा होस्ट गरिसकेका छौं ।'


उनी भन्छन्, 'सबै ओपन-सोर्स मोडेलहरू भारतीय सर्भरमा होस्ट गर्न सकिन्छ, जसले डेटा गोपनीयताको मापदण्डहरू पूरा गर्छ। हामी छिट्टै यसलाई कार्यान्वयन गर्दैछौं ।'


Author

थप समाचार
x