सूचना-प्रवधि

डाटा सेयर गरेको भन्दै आयरल्यन्डमा ह्‍वाट्सएपलाई जरिबाना

इकागज |
भदौ १८, २०७८ शुक्रबार १३:३५ बजे

काठमाडौँ - फेसबुकसँग ह्‍वाट्सएपले डाटा सेयर गरेको भन्दै आयरल्यान्डमा करिब ३१ अर्ब रूपैयाँ जरिवाना तिराउने निर्णय भएको छ । सन् १०१८ मा युरोपेली संघले ल्याएको नियमको उल्लंघन गरेको आरोप ह्‍वाट्सएपमाथि छ ।

फेसबुकसँग डेटा सेयर गर्दा प्रयोगकर्ताको नम्बर एनोनिमस गर्नु पर्नेमा ह्वाट्सएपले सिनोनिमस गराएको जस्ता आरोप फेसबुकमाथि लागेको छ । आयरल्यान्डमा कर्पोरेट ट्याक्स रेट अन्य देशको तुलनामा कम छ त्यसलै यहाँ फेसबुक, गुगल जस्ता धैरे आइटी कम्पनीले आफ्नो हेडक्वाटर खोलेका छन् ।


ह्‍वाट्सएप अदालत जाने

आफूले जरिवाना तिर्न पर्ने भएपछि यो मुद्दालाई लिएर ह्‍वाट्सएप त्यहाँको अदालत जाने भएको छ । ह्‍वाट्सएपले आफ्नो कम्पनीले डाटा अन्यस‍ँग सेयर नगरेको भन्दै यस मुद्दामा आफूले सफाइ पाउने दाबी गरेको छ ।


Author

थप समाचार
x