सूचना-प्रवधि

स्मार्टफोन सुरक्षित राख्ने पाँच तरिका

इकागज |
भदौ १९, २०७८ शनिबार १४:४४ बजे

फाइल फोटो

काठमाडाैँ - आजको समयमा मोबाइल फोन प्रयोग नगर्ने मानिस सायदै होलान् । मोबाइलको प्रयोगले धेरै काम सहजताका साथ हुने गर्दछ । मोबाइलको पूर्ण प्रयोग र सुरक्षाबारे धेरै ज्ञान नभएपनि अहिलेको युगमा धेरैजनाले स्मार्ट फोन प्रयोग गर्न रुचाउँछन् । सूचना प्रविधिको युगमा सबैको हातमा स्मार्टफोन हुनु राम्रो कुरा भए पनि यसको गलत प्रयोगले विभिन्न समस्या आउने गरेकाे छ ।  

जथाभावी वेबसाइट हेर्दा तथा एप्सहरू प्रयोग गर्दा हाम्रो फोनको डाटा ह्याक हुनसक्छ। ह्याकरहरूले तपाईकाे स्मार्टफोन ह्याक गरेर गोप्य सूचनाहरु लिक त गरिरहेका छैनन् ? त्‍यसकारण मोबाइल कत्तिकाे सुरक्षित छ वा छैन भनेर यसरी थाहा पाउन सकिन्‍छ ।


मोबाइलको स्पीड - यदि तपाईको फोन अत्यन्तै कम स्पीडमा चलिरहेको छ भने त्यो कुनै भाइरसको आक्रमण वा मालवेयर प्रोग्रामका कारणले त्यस्तो भएको हुन सक्छ । तपाईंको आफ्नो फोनमा भएको सबै एप्सहरूलाई राम्रोसंग चेक गरेर कस्तो प्रकारको एप्स हो ? त्‍यसबारे जानकारी राखेर मात्र राख्ने वा हटाउने एकिन गर्नुहोस् । शकांस्पद एप्स छ भने तुरून्त डिलिट गर्नुहोस् । 

मोबाइलको तापक्रम – स्मार्टफोन चलाँउदा साधारण तात्नु सामान्य कुरा हो । तर तपाईंको फोन पहिलाको तुलनामा धेरै नै तातिरहेको छ भने एक पल्ट आफ्नो फोनका सबै एप्लिकेशनहरू जाँच गर्नुहोस् । यसरी चेक गर्दा कुनै त्यस्तो शकांस्पद एप्लिकेशन हाे भन्‍ने लाग्‍याे भने तुरून्त डिलिट गर्नुहोस। मोबाइल धेरै तात्नुमा विभिन्‍न आक्रमण भएको हुन सक्छ ।

एप्स आफै इन्स्टल हुनु ‍-  यदि तपाईंको मोबाइलमा बेला बेला आफै एप्स इन्स्टल हुन्छ भने तपाईंको माेबाइलमा त्यस्तो कुनै एप्स छ, जसले तपाईंको स्मार्टफोनमा अन्य एप्स डाउनलोड गर्न फोर्स गरिरहेकाे हुन सक्‍छ । यस्ता एप्स तुरून्त डाउनलोड गर्नुहोस् किनभने यस्ता एप्स ह्याकरको कन्ट्रोलमा हन्छ । 

नयाँ विन्डो खुल्नु – बेला बेला तपाईको मोबाइलमा विज्ञापनको रूपमा आउने जानकारीलाई क्लिक गर्दा नयाँ ट्याव अर्थात विन्डो खुलेमा त्यहाँ पनि मोबाइल ह्याकको खतरा बढी हुन्छ । यस्तो भएमा एक पटक मोबाइल रिसेट गर्नु राम्रो मानिन्‍छ । 

स्क्रिन आफै खुल्न – बिना म्यासेज वा फोन आउँदा पनि तपाईंको मोबाइलमा स्क्रिन आफै अन हुन्छ भने तपाईंको मोबाइलमा भाइरसले आक्रमण गरेकाे हुन सक्छ । एक पल्ट राम्रोसँग चेक गर्नुहोस् । किनभने यस प्रकारको भाइरसले तपाईंको स्‍मार्टफाेनकाे डाटामा अनाधिकृत पहँच पुर्‍याएको हुन सक्छ । 


Author

थप समाचार
x