सूचना-प्रवधि

फेसबुकको मुख्य एपमा नै भिडियो कलको सुविधा

इकागज |
भदौ २०, २०७८ आइतबार १२:५८ बजे

काठमाडौँ - कोभिड-१९ ले विश्वमा भिडियोकलको माग अत्याधिक बढेपछि जुम एप्लिकेशन भाइरल भयो। जुमको यस प्रकारको प्रगति देखेर अन्य टेक कम्पनीहरू पनि कसरी हुन्छ आफ्नो भिडियो एप्लिकेशन प्रयोग होस् भनेर नयाँ नयाँ फिचर समावेश गर्दे गइरहेका छन ।

सुरुमा, जुम एप्लिकेशनको प्रयोग धेरै भयो, त्यस पछि माइक्रोसफ्ट टिम, गुगल मिट जस्ता एप्लिकेशनहरूमा धेरै सुविधा थप हन थाल्यो। सोसल मिडिया जाइन्ट फेसबुकले पनि यसमा खरो उत्रन कोशिस गरिरहेको छ । 


फेसबुकले हालसम्म, भिडियो र भ्वाइस कल ह्वाट्सएप र फेसबुक मेसेन्जर एप मा मात्र छ, तर अब फेसबुकको मुख्य एपमा भिडियो र भ्वाइस कलिंग सुविधा प्रदान गर्न को लागी तयारी गरिरहेको छ। हाल केहि सिमित देशमा परीक्षण भइराखेको जानकारी दिएको छ । नयाँ अपडेटमा यस प्रकारको अपडेट आउने विश्वास गरिएको छ । 

केहि वर्षअघिसम्म फेसबुकको मुख्य एपमा नै म्यासेज पढ्ने र भिडियो कलको सुविधा थियो तर प्रयोगकर्तालाई अनिवार्य म्यासेन्जर प्रयोग गराउन म्यासेज र भिडियो कलको सुविधा हटाएको थियो । गत हप्ता, फेसबुक एक नयाँ भर्चुअल रियलिटी रिमोट वर्क एप पेश गरेको थियो जसमा प्रयोगकर्ताहरू बैठकमा आफ्नो उपस्थितिको विकल्पमा भर्चुअल अवतारको उपयोग गर्न सक्छन्। 


Author

थप समाचार
x