सूचना-प्रवधि

तपाईंको डेस्कटप वा ल्यापटपले विन्डोज ११ सर्पोट गर्छ वा गर्दैन ? यसरी थाहा पाउनुहोस्

इकागज |
भदौ २०, २०७८ आइतबार १५:२८ बजे

फाइल फोटो

काठमाड- माइक्रोसफ्टले अगामी अक्टोबर ५ बाट विश्वभर विन्डोज ११ दिने घोषणा गरेको छ ।  विन्डोज ११ नयाँ युआई, नयाँ माइक्रोसफ्ट स्टोर तथा अन्य आकर्षक फिचर सहित हुनेछ। ओरिजिनल विन्डोज प्रयोगकर्ताले यसको अपडेड अक्टोबर ५ बाट प्राप्त हुनेछ । यसमा एन्ड्रोइड समेत सपोर्ट गर्ने हुँदा विन्डोज १० भन्दा विन्डोज ११ निक्कै फरक हुनेछ । माइक्रोसफ्टको नयाँ विन्डोज ११ प्राप्त गर्न के कस्ता स्पेसिफिकेसन्सहरू चाहिन्छ त ?

माइक्रोसफ्ट विन्डोज ११ का लागि तपाई‍काे ल्यापटप वा कम्प्युटरमा ४ जीबी र्‍याम हुनु आवश्यक छ । विन्डोज ११ का लागि यसका प्रोग्राम र सफ्टोवर केही अपग्रेटेड हुने हुनाले ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज तथा ६४ जीबी प्रोसेसर चाहिन्‍छ । त्यस्तै सीपीयू समेत २ वा सो भन्दा बढि कोर भएको हुनुपर्छ । 


प्रोसेसर भने इन्टेलका लागि आठाैँ जेनरेसन वा साे भन्‍दा माथिकाे हुनुपर्छ ।  यस्‍तै एमडीको लागि जेन २ वा सो भन्दा माथि त्यस्तै क्वालकमको लागि स्नापड्रागन ८५० वा नयाँ प्रोसेसर हुन जरूरी छ । विन्डोज ११ चल्नको लागि सपाेर्ट गर्ने प्रोसेसरका साथ टिपिएम २.० भएको हुनुपर्छ ।

यदि तपाई‌काे ल्यापटप वा कम्प्युटरमा माथी भनिए जस्ता स्पेकिफिकेशनहरू भएमा विन्डोज ११ सजिलै सपोर्ट गर्छ । यस्‍ता स्पेसिफिकेशनहरू तपाई‌ आफ्नो कम्प्युटरमा माइ कम्प्युटर सेक्सनमो डिटेल्समा गएर चेक गर्न सक्नुहुनेछ ।

 


Author

थप समाचार
x