आइफोन १३ मा नेटवर्क नभए पनि फोन र म्यासेज गर्न मिल्ने
काठमाडौँ- आइफोन सिरिज १३ देखि २० सेप्टेम्बरभित्रमा आइफोन १३ सार्वजनिक हुने सक्ने सिनेटले जनाएको छ । गत वर्ष कोभिड-१९ का कारण प्रडक्सन ढिला भएको आइफोन १२ अक्टोबर २३ मा सार्वजनिक भएको थियो तर यो वर्ष भने एप्पल पुरानै स्थितिमा आइफोन १३ रिलिज गर्ने तयारीमा छ । एप्पलले भने रिलिज डेटबारे कुनै जानकारी दिएको छैन् ।
गत वर्ष आइफोन १२ ढिलो रिलिज गर्दा प्रयोगकर्ताहरू आइफोन १२ नकिनेर सिधै आइफोन १३ किन्ने तयारीमा रहेकाले पनि यो वर्ष रिलिज डेटपछि नसार्ने सोचमा एप्पल रहेको छ । आधिकारिक रूपमा एप्पलले कुनै जानकारी नदिए पनि सेप्टेम्बरको तेश्रो हप्ताभन्दा पर नजाने सिनेटले लेखेको छ ।
बिना नेटवर्क फोन तथा म्यासेज
आइफोन १३ मा नयाँ फिचरको रूपमा बिना नेटवर्क म्यासेज तथा फोनसम्म गर्न मिल्ने सुविधा प्रदान गर्न लागेको हो । लो अर्थ अर्विट (एल.इ.ओ) प्रयोग गर्ने तयारी गरेका एबिपि न्युजले आफ्नो साइटमा लेखेको छ । लो अर्थ अर्विट प्रयोग गरेर प्रयोगकर्ताले बिना नेटर्वक पनि फोन तथा म्यासेज गर्न मिल्छ यसको लागि एप्पलले ग्लोवल स्टारसँग सहकार्य गरेको जानकारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया