सूचना-प्रवधि

ट्वीटरमा थपियो ‘सफ्ट ब्लक’ अप्सन

इकागज |
भदौ २४, २०७८ बिहीबार ११:४ बजे

फाइल फोटो

काठमाडौं - ट्वीटरले आफ्ना प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै ब्लक नगरी रिमुभ गर्न मिल्ने नयाँ फिचरको परीक्षण सुरु गरेको छ । ट्वीटरले नयाँ रिमुभ फलोअर फिचरको वेबमा परीक्षण गरिरहेको छ। यो ‘सफ्ट ब्लक’ फिचर ट्वीटरको आधिकारिक टुलको रुपमा चाँडै नै सबै प्रयोगकर्ताको लागि उपलब्ध हुनेछ ।

ट्वीटरकाअनुसार यो नयाँ फिचरसँगै आफ्नो फ्लोअर लिस्टबाट फ्लोअर्सलाई बिना जानकारी हटाउन पनि सकिनेछ । यसका लागि फ्लोअरको नामको साइडमा देखिने तीनवटा डट बक्स अप्सन क्लिक गरेपछि ‘रिमुभ फलोअर’ अप्सन देखाउँछ । त्यसमा गएर सजिलै हटाउन सकिन्छ ।


ब्लक भन्दा यो फिचर फरक छ। कुनै फलोअरलाई ब्लक गर्दा उक्त फ्लोअरले तपाईंको कुनै पनि गतिविधि हेर्न वा म्यासेज पठाउन सक्दैन । तर रिमुभ फिचरमा भने रिमुभ गरिएका ट्वीटर आइडीका गतिविधहरू तपाईंको टाइमलाइनमा देखापर्दैन । अनि तपाईंको गतिविधि पनि उक्त प्रयोगकर्ताको अकाउन्टमा देखाउदैन । 

यसअघि मन नपरेको व्यक्तिलाई सीधा ब्लक गर्नुपर्ने  विकल्प मात्रै थियाे । 

 


Author

थप समाचार
x