सूचना-प्रवधि

ओप्पोको ‘ओप्पो ह्याक २०२१’ सम्पन्‍न

इकागज |
भदौ २४, २०७८ बिहीबार १२:१९ बजे

फाइल फोटो

‌काठमाडौं - ओप्पोले ‘ओप्पो ह्याक २०२१’ कार्यक्रम सम्पन्न गरेको छ । प्राविधिक उद्यमीहरूको आवश्यकता अनुसार संसाधन तथा सञ्जाल विस्तारमा सघाउने तथा विभिन्न व्यवसायिक संस्थाहरूसँग जोड्ने उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइएको हो ।

जुन महिनादेखि सुरु भएको उक्त कार्यक्रममा विश्वभरका उद्यमी तथा प्राविधिसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूको सहभागिता रहेको थियो । चीन, हङकङ, संयुक्त राज्य अमेरिका, क्यानडा, सिंगापुर, ब्राजिल, बेलायत, भारतलगायत कार्यक्रममाबाट अन्य २० देश तथा क्षेत्रबाट परियोजनाहरू प्राप्त भएको कम्पनीले जनाएको छ ।


जसमा पाँच सयभन्दा बढी व्यक्ति तथा टोलीहरूले ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि आवेदन दिएका थिए ।

तीमध्ये उत्कृष्ट ११ परियोजना फाइनलका लागि छनोट भएका थिए । प्रतियोगीलाई सिडिङ ग्रुप र ग्रोइङ ग्रुपका विभाजन गरिएको थियो । सम्मानित हुनेहरूमा सिडिङ ग्रुप अन्तर्गत ‘आक्र्ड क्ववेस्ट’ पहिलो भएको छ । त्यस्तै ‘च्याम्प’, ‘क्लिक’, ‘डेटा गो’ क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।

त्यस्तै ग्रोइङ ग्रुप अन्तर्गत ‘इन्साइट जीजी’ र ‘भोग लज’ क्रमश: पहिलो र दोस्रो भएका छन् ।

 


Author

थप समाचार
x