सूचना-प्रवधि

मोबाइल किन्दा ध्यान दिनुपर्ने १० कुराहरू

इकागज |
भदौ २७, २०७८ आइतबार ६:२८ बजे

काठमाडौँ- सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानिसहरूमा स्मार्टफोनप्रतिको क्रेज झन् झन् बढ्दै गएको छ । कतिपयका लागि स्माटफोर्न अत्यावश्यक छ भने कतिपयले फेसबुक, टिकट, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्चाल प्रयोगगर्नकै लागि भए पनि स्मार्टफोन बोक्ने गरेको पाइन्छ । नेपालमा धेरैजसो मानिसहरू बजार गएर बिक्रेताको सुझावका आधारमा स्मार्टफोन किन्ने गरेको देखिन्छ जुन गलत कुरा हो। बिक्रेताले आफ्नो कम बिक्री भएको प्रडक्ट बेच्न खोज्छन् । यसकारण तपाईंले आफ्‍नो लागि कुनै पनि प्रडक्ट किन्दा विषेश ध्यान पुर्‍याउनु पर्छ ।

नेपाली बजारमा सस्तादेखि महंगासम्मका स्मार्टफोनहरू पाइन्छन् । तपाईंले आफ्नो बजेट अनुसारको स्मार्टफोन किन्न सक्नुहुन्छ । कतिपय मानिसहरू एउटै स्मार्टफोनको वर्षौ प्रयोग गर्ने गर्दछन् । यसरी एउटै स्मार्टफोनको वर्षौ प्रयोग गर्ने व्यक्तिहरूलाई स्मार्टफोनको खरिदमा ठूलो समस्या हुन जान्छ। बजारमा भएका स्मार्टफोन तथा तथा देखिने विज्ञापनले कुन राम्रो र कुन नराम्रो छुट्याउन मुस्किल पर्ने जान्छ । आउनुहोस् कस्तो प्रकारको स्मार्टफोन किन्ने त यसको बारेमा केही जानकारी राखौं ।


१. स्मार्टफोन किन्दा सकेसम्म ब्रान्डहरूको पछाडि नलाग्नुहोस् । ठूला मोबाइल कम्पनीले बजारमा आफ्नो उपस्थिति बलियो बनाउन विज्ञापनमा धेरै रकम खर्च गरेका हुन्छन् । विज्ञापन सामान किन्दा गुणस्तरीय सामान नपर्न सक्छ ।

२. आफूले किन्ने मोबाइलको विषेशताबारे पर्याप्त अध्ययन जानकारी लिनुहोस् । कस्तो प्रकारको मोबाइल किन्ने हो सोको बारेमा प्रर्याप्त जानकारी लिनुहोस् ।

३. फोन किन्दा आउटडोर युजका लागि कत्तिको उपयोगी हुन्छ । अटो ब्राइटनेसको सुविधा छ कि छैन सबै राम्रोसँग अध्यायन गर्नुहोस् ।

४. यदि मोबाइल लामो समयसम्म चलाउनु पर्ने छ ब्याट्री कति एम एच को छ सो पनि ध्यान दिनुपर्छ। अनलाइन क्लासका लागि हो भने धेरै समय टिक्ने ब्याट्री उपयोगी हुन्छ ।

५. मोबाइलको स्टोरेज प्रयोगकर्ता अनुसार पनि निर्भर गर्छ । यदि धेरै फोटो, भिडियो, गीत, गेम र अन्य एप राख्नु परेमा धेरै स्टोरेज भएको मोबाइलमा आवश्यक पर्न सक्छ । मेमोरी कार्ड नलाग्ने फोन भएमा पछि स्टोरेज बढाउन सकिदैन त्यसकारण पहिला नै आवश्यकता अनुसारको स्टोरेज भएको फोन छान्नुहोस् ।

६. खासगरी, युटुब तथा भिडियो धेरैबेर हेर्दा ब्याट्री चाँडै सकिने हुनसक्छ र खराब नेटवर्कले ब्याट्री चाडैँ बिग्रिन्छ। त्यसैले बढी पावरको ब्याट्री भएको र चाँडै चार्ज हुने मोबाइल किन्नुहोस् । जसले गर्दा तपाईं फोन तथा समयको बचत हुन जान्छ।

७. स्मार्टफोन किन्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने त क्यामेराको गुणस्तरमा हो । तपाईले खिचेको फोटो उच्च गुणस्तरको हुनमा क्यामेराको क्वालिटी बढी हुनु आवश्यक हुन्छ ।सामाजिक सन्जालमा आकर्षक फोटो अपलोड गर्नका लागि क्यामेराको मेगापिक्सेलजस्ता कुरामा विशेष ध्यान दिनुपर्छ ।

८. अब तपाईंलाई कस्तो कति बजेटको स्मार्टफोन चाहिएको हो त्यो छुट्याउनुहोस् । आफ्नो आवश्यकता र बजेटबीच तालमेल मिलाउनुहोस् । विश्वसनीय सञ्चारमाध्यम वा व्यक्तिले गरेका स्मार्टफोन सम्बन्धी समीक्षाहरू पढ्नुहोस् । हाल धेरै अनलाइन तथा युट्युबमा यस प्रकारका रिभ्युहरू पाइन्छ ।

९. अब तपाईंको नजरमा परेका केही स्मार्टफोनको लिस्ट तयार पार्नुहोस् । त्यसपछि नजिकैको मोबाइल पस वा अनलाइनमा फोनको बारेमा तथा यसको विशेषताहरू हेर्नुहोस् । विषेशगरी र्‍याम तथा स्टोरेजहरू हेर्नुहोस् ।

१०. स्मार्टफोन तथा बजेट दुबै चित्त बुझेको खण्डमा तपाईं अनलाइनबाट अथवा बजारमा गएर सो फोन खरिद गर्न सक्नुहुन्छ ।

यस्ता कुरामा ध्यान पुर्‍याउनु भयो भने तपाईंले किन्नुभएको स्मार्टफोन तपाईंको लागि उपयोगी र दीर्घकालीन हुनसक्छ ।


 

 


Author

थप समाचार
x