सूचना-प्रवधि

गुगल २३ वर्षमा

इकागज |
असोज ११, २०७८ सोमबार ११:५६ बजे

काठमाडौँ - गुगलले आज आफ्नो २३ वार्षिक उत्सव मनाउँदै छ । आज गुगलको होमपेज हेर्नु भयो भने विषेश प्रकारको डुडलमा आफ्नो २३ वर्ष पुगेको जानकारी सहितको डुडल देखा पर्छ । गुगलले विषेश अवसरमा डुडललाई विषेश बनाउने गरेको छ ।


गुगल फाउन्डेसन सन् १९९७ मा स्थापना भएको थियो । गुगलको ‌औपचारिक रुपमा ४ सेप्टेम्बर १९९८ लाई आफ्नो स्थापना दिवस भएपनि २७ सेप्टेम्बरमा साइटले सर्चमा नयाँ रेकर्ड बनाएपछि यसको स्थापना २७ सेप्टेम्बर लाई बनाएको थियो । गुगलको सुरुवात क्यालिफोर्नियाका दुई विद्यार्थी सर्गे ब्रिन र ल्यारी पेजले गरेका थिए ।

सय भन्दा बढि भाषामा उपलब्ध

हाल गुगल विश्वमा एक सय भन्दा धेरै भाषामा उपलब्ध रहेको छ । गुगल विश्वका विभिन्न भाषालाई स्थानीय मानिसहरुको प्रयोग गरि सोहि भाषामा आफ्ना सामाग्रीहरु उपलब्ध गराउँछ । नेपाली भाषामा पनि गुगलको सेवा उपलब्ध रहेको छ ।


Author

थप समाचार
x