सूचना-प्रवधि

दसैंमा मोबाइल किन्‍ने सोचमा हुनुहुन्‍छ ? यी हुन् २५ हजार मुनिका ६ मोबाइल

इकागज |
असोज १२, २०७८ मंगलबार ६:४० बजे

काठमाडौँ - दसैंको अगमनसँगै बजारमा चहलपहल सुरु भएको छ । दसैंको उपलक्ष्यमा नेपाली बजारमा विभिन्न कम्पनीहरूले उपहार योजना सार्वजनिक गर्न थालेका छन् । नेपालमा सामसुङ साओमी भिभो ओप्पोलगाएतका ब्रान्डहरु बढी बिक्री हुनेमा पर्छन् । ओप्पोले दसैं योजना अन्तर्गत बडा दसैंको लहर ओप्पोको अफर ल्याएको छ । साओमीले पनि साओमीसँग दसैं योजना ल्याएको छ । दसैंमा मोबाइल किन्न भनेर बसेको उपभोक्ताहरूलाई यसले केही राहत दिनेछ ।

दसैंमा बजेट फोन किन्न भनेर बस्नुभएको छ भने यहाँ तपाईहरूलाई २५ हजारसम्म मूल्य भएको ६ मोबाइलको बारेमा जानकारी दिँदैछौँ ।


रेड्मी १० प्राइम

नेपाली बजारमा लोकप्रिय रहेको साओमीको रेड्मी १० प्राइम हालै सार्वजनिक भएको फोन हो । साओमीको यस फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ । ४ जीबी र ६ जीबी गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भएको मोबाइलको मूल्य २० हजार ९ सय ९० रहेको छ । ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको रेड्मी १० प्राइमको मूल्य २३ हजार ९ सय ९० रहेको छ । दसैँमा फोन किन्ने सोचमा हुनुहुन्छ भने रेड्मी १० प्राइम तपाईंको लागि एक विकल्प हुनसक्छ ।

रेड्मी ९ टी

साओमीले विश्व बजारमा उपभोक्ताको मूल्य अनुसारको फोन बिक्री गर्दै आएको छ । विश्व बजारमा फोन बिक्री गर्नेमा नम्बर एक रहेको साओमीको रेड्मी ९ टी अर्को एक बजेट फ्रेन्डली फोन हो । ४ जीबी र्‍याम रहेको फोनमा स्टोरेज क्षमता भने ६४ जीबी र १२८ जीबी रहेको छ । यसको ६४ जीबी क्षमताको फोनको मूल्य १८ हजार ९ सय ९० रहेको छ । १२८ जीबी क्षमताको फोनको मूल्य भने २० हजार ९ सय ९० रहेको छ । दसैं अफरमा यसको मूल्यमा केही घटि हुनसक्छ। ३० हजार मुनिको फोन हेर्दै हुनुहुन्छ भने यो पनि तपाईंको एक विकल्प हुन सक्छ ।

वानप्लस नोर्ड एन१००

यूरोपियन बजारमा चर्चित रहेको वानप्लस मोबाइलले पनि ग्राहकको क्षमता अनुसारको फोन निकाल्ने गरेको छ । वानप्लस नोर्ड एन१०० नेपाली बजारमा चलेको बजेट फोन हो । ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज क्षमता रहेको छ । यसमा आफ्नो क्षमता अनुसारको मेमोरी बढाउन सकिन्छ । ५ हजार एमएच क्षमता रहेको यो फोन १८ वाटको टाइप सि चार्जरले एक घण्टमा फुल चार्ज गर्न सकिन्छ । यसको मूल्य २३ हजार ५०० रहेको छ । दसैँको अवसरमा वानप्लसको दसैँ योजनाले यसको मूल्यमा केही कम हुनसक्छ । वानप्लस नोर्ड एन१०० पनि तपाईंको लागि एक विकल्प बन्न सक्छ ।

पोको एम थ्री प्रो फाइभ जी

गेम पारखीहरूको माझ लोकप्रिय रहेको पोको मोबाइलको पोको एम थ्री प्रो फाइभ जी पनि बजेट फोन फोन हो । यस फोनमा फाइभ जी नेटवोर्क सपोर्ट गर्ने फोन हो । नेपाल टेलिकम तथा एनसेलले फाइभ जी परीक्षण गर्नका लागि फ्रिक्वइसी पाइसकेको छन् । केही महिनामा फाइभ जी परिक्षण सुरु गर्ने तयारीमा लागेको हुँदा यस फोनमा फाइभ जी ले तपाईंलाई केही नयाँ पन पाउन सक्नुहुनेछ । ४ जीबी तथा ६ जीबी र्‍याम रहेको छ । ४ र्‍याम ६४ जीबी स्टोरेज क्षमता रहेको पोको एम थ्री प्रो फाइभ जी मोबाइलको मूल्य २३ हजार ९ सय ९९ रहेको छ । ६ जीबी क्षमता तथा १२८ जीबी स्टोरेज क्षमता मूल्य भने २६ हजार ९ सय ९९ रहेको छ ।

सामसुङ ग्यालेक्सी एम३२

सामसुङ ग्यालेक्सी एम३२ फोन २५ हजार सम्म बजेटमा पाइने अर्को एक उत्कृष्ट फोन हो । आकर्षक फिचर र उत्कृष्ट पर्फमेन्स रहेको फोनमा ६ हजार एमएचको ब्याट्री क्षमता रहेको छ । दुई भेरियन्टमा उपलब्ध यस फोनको मूल्य ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको २४ हजार ९ सय ९९ रहेको छ । ६ जीबी र्‍याम तथा १२८ जीबी क्षमता रहेको फोनको मूल्य भने २७ हजार ९ सय ९९ रहेको छ । दसैँ अफरमा यसको मूल्यमा केही छुट हुनसक्छ । फूल एचडी डिस्प्ले रहेको हुनाले भिडियो हेर्दा छुट्टै अनुभब पाउन सकिन्छ ।

रेड्मी नोट १०

४८ मेगापिक्सलको क्यामेरा भएको रेड्मी नोट १० ले आकर्षक तस्बिर खिच्नका लागि उपयोगी मोबाइल हो । यस फोनले फोरके भिडियो खिच्न सक्ने क्षमता रहेको छ ।  रेड्मी नोट १० मा ५ हजार एमएच ब्याट्री क्षमता रहेको छ । गेम खेल्नको लागि अत्यन्त उपयोगी रहेको यो फोन नेपाली बजारमा ४ जीबी र ६ जीबी गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज क्षमता रहेको फोनको मूल्य २१ हजार ९ सय ९९ रहेको छ । त्यस्तै ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता भएको फोनको २२ हजार ९ सय ९९ रहेको छ । ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य २४ हजार ९ सय ९९ रहेको छ । यस मूल्यमा दसैँको अफर अनुसार छुट हुनसक्छ ।

 

 


Author

थप समाचार
x