सूचना-प्रवधि

यी हुन विश्वका चर्चित वेबसाइट

इकागज |
असोज १९, २०७८ मंगलबार ६:३३ बजे

काठमाडौँ- एलेक्साले वेबसाइटहरूलाई ट्राफिकको आधारमा र्‍याङ्क गर्दै आएको छ । विश्वमा कुन साइट कतिको लोकप्रिय भनेर एलेक्सामा गएर नै हेर्ने गरिन्छ । यसले प्रत्येक देशमा त्यहाँका साइट कतिको चर्चित छन् भनेर यसैको आधारमा जाँच गरिन्छ । नेपालको सन्दर्भमा पनि एलेक्सा र्‍याङ्कलाई आधार मानेर कुन साइट कति र्‍याङ्कमा रहेको छ भनेर हेरिन्छ । विश्वका केही चर्चित साइटहरू यसप्रकार रहेका छन् ।

गुगल : यो सूचीको पहिलो स्थानमा सर्च इन्जिन गुगल छ । केही नयाँ कुरा खोज्नुपर्‍यो अथवा आफूलाई जानकारी नभएको कुरा पत्ता लगाउनुपर्‍यो अथवा नयाँ विषयमा जानकारी लिनुपर्‍यो भने गुगलको सहारा लिएको देखिन्छ । ४ सेप्टेम्बर १९९८ देखि सञ्चालनमा आएको गुगलका संस्थापक ल्यारी पेज र सर्जिन ब्रेन हुन् । गुगलले सर्च इन्जिनका साथै मेल, न्यूज, क्लाउड, एडभर्टाइज, सफ्टवेयर जस्ता थुप्रै सेवा प्रदान गर्दै आएको छ । गुगल विश्वमा विभिन्न भाषामा उपलब्ध रहेको छ ।


युट्युब : भिडियोहरू अपलोड गर्न, हेर्न र डाउनलोड गर्ने काममा युट्युब लोकप्रिय छ । सन् २००५ को फेब्रुअरी १४ देखि सञ्चालनमा आएको युट्युब विश्वभर विभिन्न भाषामा उपलब्ध छन् । युट्युब विश्वभर प्रयोग हुने वेबसाइटहरूको सूचीको तेस्रो स्थानमा छ । 

टीमल : तेस्रो स्थानमा रहेको अलिबाबा ग्रुपको टीमल साइट पछिल्लो समयमा निकै लोकप्रिय हुँदै गएको छ । मे २००३ देखि सञ्चालनमा आएको यो साइट इकमर्ससँग सम्बन्धित छ । हाल यो साइट विश्वमा तेस्रो स्थानमा रहेको छ ।

क्यु क्यु: चिनियाँ इमेल साइट क्यु क्यु चीनमा अत्यधिक लोकप्रिय रहेको छ । चीन बाहिर प्रयोग गर्न कठिन यस इमेल सेवा विशेषत चिनियाँ सर्च इन्जिन बाइडुको इमेल सेवा हो ।

बाइडु : १ जनवरी २००० देखि सञ्चालनमा आएको चिनियाँ सर्च इन्जिन विश्वमा हाल पाँचौ स्थानमा रहेको एप हो । गुगल प्रतिबन्ध रहेको चीनमा यहाँका नागरिक केही जानकारी खोज्न परेमा यसको प्रयोग गर्ने गर्छन् ।

सोहु: चिनियाँ अनलाइन साइट सोहु हाल विश्वमा सर्वाधिक हेरिने साइटको छैठौं स्थानमा रहेको छ । यसमा चीनको गतिबिधि तथा समाचारहरू प्रकाशित गर्ने गरेको पाइन्छ ।

फेसबुक : ४ फेब्रुअरी २००४ देखि सञ्चालनमा आएको सामाजिक संजाल फेसबुक यो सूचीको सातौ स्थानमा छ । यसका संस्थापक मार्क जुकरवर्ग हुन् । इस्टाग्राम, ह्वाट्सएप, अकुलस, प्राइभेटकोर फेसबुकका सहयोगी कम्पनी हुन् । सोसियल मिडियाका रूपमा समेत फस्टाउँदै गएको फेसबुक चीन, इराक जस्ता केही मुलुकमा भने प्रतिबन्धित छ । 

 


Author

थप समाचार
x