सूचना-प्रवधि

विन्डोजमा प्रयोग हुने महत्वपूर्ण शर्टकर्ट कि

इकागज |
कात्तिक ४, २०७८ बिहीबार ६:३७ बजे

काठमाडौं- कम्प्युटर चलाउँदा छिटो प्रयोग गर्नका लागि शर्टकर्ट कि प्रयोग गर्नुपर्ने हुन्छ । जसले हाम्रो कार्यक्षमता समेत बढाउने गर्छ । माउस राम्रोसँग काम नगरेको अवस्थामासमेत यस्ता शर्टकर्ट बटनको प्रयोग महत्वपूर्ण हुन्छ ।

विन्डोजले प्रयोगकर्ताको सजिलोको लागि माइक्रोसफ्टले विभिन्न शर्टकर्ट कि उपलब्ध गराएको छ । जसको प्रयोगले कम्प्युटरमा काम गर्दा लाग्ने केही समय बचत गर्न सक्छौँ । यहाँ विन्डोजका केही महत्वपूर्ण शर्टकर्ट किको बारेमा जानकारी दिइएको छ ।


Ctrl+W: Close - यस किले तपाईंले हेरिरहेको पेज बन्द गरिदिन्छ । यो शर्टकट कि प्रयोग गरिसकेपछि तपाईंले क्लोज बटनमा गएर थिचिरहनु पर्दैन । यसको प्रयोगले तपाईंले हेरिरहेको पेज बन्द हुनेगर्छ ।

Ctrl+A: Select all - यस किले कुनै पनि टेक्ट जस्ता फाइल सेलेक्ट गर्ने गर्दछ । यदि तपाईं कुनै पेजमा भएका टेक्स्टहरू एकैपटक सेलेक्ट गर्न चाहानुहुन्छ भने यस कि तपाईंको लागि महत्वपूर्ण हुनसक्छ ।

Alt+Tab: Switch apps - कम्प्युटरमा काम गर्दा धेरै एप्स तथा पेजहरू खोल्नुपर्ने हुनसक्छ यस्तो अवस्थामा तपाईंलाई यस किले निकै सहयोग पुर्‍याउँछ । कुनै पेज अथवा एप्स स्विच गर्न यसको प्रयोग निकै सजिलो हुने गर्छ ।

Win+Tab: Open the Task view - यस किको प्रयोगले तपाईंलाई कम्प्युटरमा एप स्विच गर्न सजिलो हुन्छ । यो कि र अल्ट प्लस ट्याब एकै प्रकारको कि हो ।

Win+D: Show or hide the desktop - यसले कम्प्युटरमा खोलेका सबै विन्डोजलाई मिनिमाइज गरेर होम स्क्रिनलाई देखाइदिन्छ । विन्डोज स्लो भएको बेला समेत यसको प्रयोगले गर्दा होम स्क्रिनमा जान सजिलो हुन्छ ।

Alt+F4: Close apps - यो निकै नै उपयोगी तथा तपाईंको कामलाई निकै सजिलो पार्ने पुरानो विन्डोज शर्टकट कि हो । कुनै बेला कम्प्युटर ह्याङ्ग हुँदा यसको प्रयोगले सबै एप्स एकैपटक बन्द हुन जान्छ ।

Win+left arrow or Win+right arrow: Snap windows - कुनैपनि फाइलको तुलनात्मक अध्ययन गर्नको लागि यसको कि को प्रयोग महत्वपूर्ण हुन जान्छ । यसले तपाईंले चलाईरहनु भएको विन्डोजलाई आधा हिस्सामा हेर्नसकिन्छ ।

Ctrl+Esc: Open the Start menu - यदि तपाईंले विन्डोज कि नभएको किबोर्ड प्रयोग गरिरहनुभएको छ भने यो शर्टकट कि ले Start मेन्यू खोल्न सहयोग गर्दछ । यदि किबोर्डमा विन्डोज की नै छ भने त त्यसमै थिचे पुग्दछ ।

F2: Rename - फाइललाई छान्नुहोस् F2 थिच्नुहोस् अनि तपाईंले फाइललाई रिनेम गर्नसक्नुहुन्छ । फाइललाई रिनेम गर्न यसको शर्टकर्ट कि को प्रयोग महत्वपूर्ण हुनसक्छ ।

F5: Refresh- ब्राउजर स्लो भयो वा रिफ्रेस गर्नुपर्‍यो भने यस किको प्रयोग महत्वपूर्ण हुनसक्छ । यसले कुनैपनि पेज रिफ्रेस गर्नका लागि महत्वपूर्ण हुनसक्छ ।

Win+L: Lock your computer - कम्प्युटरमा काम गर्दा गर्दै केही समयका लागि तुरून्तै बन्द गर्नुपरेमा यस किको प्रयोग महत्वपूर्ण हुनसक्छ । यसले विन्डोजलाई तत्काल लक गरिदिन्छ ।

Win+I: Open Settings - तपाईंले आफ्नो विन्डोज कन्फिगर गर्न चाहनुहुन्छ भने सेटिंग्स खोल्नका लागि यो शर्टकट की प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंको कम्प्युटरको सेटिङ्ग बक्स खुल्छ ।

Win+S: Search Windows - कम्प्युटरमा कुनै कुरा खोज्न सर्च बक्समा गएर आफूले चाहेको कुरा खोज्नका लागि तपाईंले यो शर्टकट की प्रयोग गर्न सक्नुहुन्छ ।

Win+PrtScn: Save a screenshot - कम्प्युटरमा स्क्रिसर्ट लिनको लागि यो कि को प्रयोग महत्वपूर्ण हुन जान्छ ।

Win+Ctrl+D: Add a new virtual desktop –यो शर्टकट किले भर्चुअल डेस्कटप खोल्न सहयोग गर्दछ । जब तपाईंले नयाँ भर्चुअल डेस्कटप खोल्नुहुन्छ तब टास्कबारको सर्च बक्सको Task Viewबटनमा क्लिक गरेर एक डेस्कटपबाट नयाँ डेस्कटपमा जान सक्नुहुन्छ ।

Ctrl+Z: Undo – यसले तपाईंले कम्प्युटरमा तत्काल गरिरहेको कार्यभन्दा अघिल्लो कार्यमा फिर्ता लैजान्छ । जब तपाईंले माइक्रोसफ्ट वर्डमा लेखिरहँदा कुनै एक प्याराग्राफलाई नै ओभरराइट गर्नुभयो वा गल्तीले फाइलको सामाग्री डिलिट गर्नुभयो भने यो शर्टकट की जीवनदायिनी बन्दछ ।

 

 


Author

थप समाचार
x