यस्ता छन् विशेषता
आइफोन १३ प्रो म्याक्स किन्ने कि सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्री ?
काठमाडौँ - विश्व बजारमा सामसुङ र आइफोनले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । नेपालमा पनि आइफोन १३ को बिक्री सुरु भएको छ । नेपाल तथा अन्य राष्ट्रमासमेत आइफोन आएपछि किन्ने मान्छेहरूको भिड लागेको देखिन्छ ।
कतिपय प्रयोगकर्ताहरू आइफोन १३ प्रो म्याक्स र सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्रीमा कुन लिने भन्ने दुविधामा रहेका देखिन्छन् । मूल्यको हिसावले आइफोन १३ प्रो म्याक्स १ सय २८ जीबीको १ लाख ८९ हजार ९ सयबाट सुरु भएको छ भने सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्री को २ लाख १९ हजार ९ सय ९९ रहेको छ ।
दुवै फोनमा फाइभ जी सपोर्ट गर्छ । आइफोन १३ प्रो म्याक्समा ४३७३ एमएचको ब्याट्री र सामसुङमा चार हजार चार सय एमएचको ब्याट्री छ । यस्तै सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्री मा १२ जीबी र्याममा २५६ र ५१२ रहेको छ भने आइफोन १३ प्रो म्याक्समा ६ जीबी र्यामसहित १२८, २५६, ५१२ र १ टिबीसहित उपलब्ध रहेको छ ।
केही समय अघिसम्म विश्व बजारमा पहिलो स्थानमा रहेको सामसुङको यो फोनले आइफोनलाई टक्कर दिने विश्वास गरिएको छ ।
हेर्नुहोस् दुवैका विशेषताहरू
विशेषता |
आइफोन १३ प्रो म्याक्स |
सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्री |
मेमोरी |
१२८जीबी, २५६जीबी ,५१२जीबी, १टिबी |
२५६ जीबी र ५१२ जीबी |
सफ्टवेयर |
एन्ड्रोइड ११, वान यु आई |
आइओएस १५ |
प्रोसेसर |
एप्पल ए१५ बायोनिक हेक्सा कोर ३.२२ गिगाहर्ज |
क्वालकम स्न्यापड्रयागन ८८८, अक्टाकोर २.८४ गिगाहर्ज |
ब्याट्री |
४३७३ एमएच वाएरलेस चार्ज सपोर्ट २० वाट फास्ट चार्जिङ ७.५ वाट |
४४०० एमएच वायरलेस सपोर्ट, फास्ट चार्जिङ २५ वाट वायरलेस ११ वाट |
डिस्प्ले |
६.७ इन्च १२४८x२७७८ पिक्सेल फुल एचडी सुपर रेटिना एक्सडिआर ओएइडी |
७ इन्च १७६८x२२०८ पिक्सेल एचडी क्वाड डाइनामिक अमोलिड २ |
क्यामेरा |
ट्रिपल १२+१२ फ्रन्ट १० मेगापिक्सेल |
क्वाड १२+१२+१२ |
नेटवर्क |
फाइभ जी सपोर्ट ड्युल सिम |
फाइभ जी सपोर्ट ड्युल सिम |
मूल्य |
१२८/ १,८९,९००, २५६/२,०५,९००, ५१२/२,३९,९९०, १टिवी/२,७४,९९०
|
२५६/२,१९,९९९, ५१२/२,२९,९९९ |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया