सूचना-प्रवधि

पब्जी न्यू स्टेटको डाउनलोड एक हप्तामै करोड बढी

इकागज |
मंसिर २, २०७८ बिहीबार ७:२५ बजे

काठमाडौँ- सार्वजनिक भएको एक सातामै पब्जी मोबाइलको नयाँ गेम न्यूस्टेटल एक करोडको आँकडा पार गरेको छ । पब्जी न्यू स्टेट कोरियन कम्पनी क्राफ्टनले सार्वजनिक गरेको हो । 

पब्जी मोबाइल युवाहरूमा अत्यधिक चर्चित रहेको छ । नेपालमा पनि पब्जी मोबाइल युवाहरूमाझ चर्चित रहेको छ । पब्जी न्यूस्टेटमा २०५१ अन्तर्गत निर्माण भएको छ । यसमा प्रयोग हुने अधिकांश गाडी तथा हतियार सोही अनुसार तयार पारिएको छ । ४/४ जना मिलेर खेल्ने तथा टिम डेप्थ म्याच तथा टेड्रिङ ग्राउन्ड, नयाँ म्याप्सलगायतका विशेषता रहेका छन् ।


गत साता मात्र सार्वजनिक गरेको पब्जी मोबाइलको नयाँ भर्सन न्यू स्टेट पनि पब्जी जतिकै चर्चित र लोकप्रिय हुने क्राफ्टनले जनाएको छ । नयाँ खेलाडीहरूको लागि यसमा रिवार्ड पोइन्ट तथा विभिन्‍न गिफ्ट पाउनेछन् । पब्जी न्यू स्टेटु डाउनलोड गर्न र प्ले गर्नको लागि फोनमा एन्ड्रोइड ६.० मर्स्मेलो र आइओएस १३ वा माथिको अपरेटिंग संस्करण हुनु पर्छ ।

साथै, यहाँ ६४-बिट प्रोसेसर र २ जीवी र्‍याम हुनु आवश्यक छ । यस गेमको साइज १.४ जीबी छ । रहेको छ जुन २ जीबी र्‍यामभन्दा माथि रहेका फोनमा सजिलै सपोर्ट गर्छ । पब्जी न्यू स्टेट रिलिज हुनुअघि नै एन्ड्रोइड र आईओएसमा ५ करोडभन्दा बढी प्रि-रेजिष्टर भएको कम्पनीको दाबी छ । क्राफ्टनले न्यू स्टेटलाई गत धेरै अगाडि नै ल्याउने घोषणा गरेको थियो । वर्ष २०५१ को विषयवस्तुमा आधारित पब्जी न्यू स्टेटुले नयाँ पुस्तालाई ब्याटल रोयाल अनुभवमा ल्याउनेछ, जसमा नयाँ रेन्डरिङ प्रविधि र १ गनप्ले प्रणाली समावेश रहेको छ ।


Author

थप समाचार
x