एक किलोमिटरसम्म सिग्नल दिने वाइफाई
काठमाडौँ- हालै एक कम्पनीले एक किलोमिटरसम्म वाई-फाईको सिंग्नल पुग्ने गरी नयाँ प्रविधिको विकास गरेको बताएको छ । उक्त प्रविधिलाई हालै वाईफाइ अलाइन्सलेले प्रमाणपत्र प्रदान गरेको छ ।
अनुसन्धानकर्मीहरूले विकास गरेको यो प्रविधिलाई ह्यालो नाम दिइएको छ जुन वाइफाईले एक किलोमिटरसम्म वाइफाई रेन्ज दिने जनाएको छ। यसले इन्टरनेट अफ थिङ्स (आईओटी) ले अघि सारेका लक्ष्य हासिल गर्न सघाउने विश्लेषण गरिएको छ ।
यसले बन्द कोठा तथा पर्खाल छेडेर समेत करिब एक किलोमिटर दूरी कभर गर्नसक्ने कम्पनीले दाबी गरेको छ । वाइफाई प्रविधिका लागि १ गिगाहर्ज स्पेक्ट्रम प्रयोग गरिएको जानकारी कम्पनीले दिएको छ । यो हाल बजारमा उपलब्ध हुने २.४ र ५ गिगाहर्जको राउटरको तुलनामा निकै कम हो । त्यो हुँदा यसले पावर पनि कम खपत गर्ने वाइफाई अलायन्सको ब्लगमा उल्लेख छ ।
जति कम फ्रिक्वेन्सी भयो, त्यति नै बढी कभरेज हुने हुँदा पनि १ गिगाहर्ज फ्रिक्वेन्सीमार्फत यसलाई प्रयोगमा ल्याइएको जनाइएको छ । यसले प्रयोगकर्ताको डिभाइसमा पावर खपत पनि कम गर्नेछ । यतिसम्म कि प्रयोगकर्ताले प्रयोग गर्ने स्मार्टवाच, स्मार्ट ग्लास जस्ता उत्पादनको पावर पनि अन्य फ्रिक्वेन्सीले भन्दा कम खपत गर्नेछ । हेर्नुहोस् वाइफाई अलाइन्सले यसबारे लेखेको ब्लग ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया