‘विद्युतीय कार’ बनाउने धनगढीका विद्यार्थीलाई आर्थिक सहयोग
कैलाली - ‘विद्युतीय कार’ बनाउने धनगढीका विद्यार्थीहरुलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन् ।
विद्युतीय कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही ‘रकम’ जुटाएर पुनः अरु इलेक्ट्रिक सामग्री निर्माण गर्ने बताएको थाहापाएपछि आफूले केही सहयोग गरेको बोहराले बताए । उनले नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
धनगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थी ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीले ‘विद्युतीय कार’ निर्माण गरेका हुन ।
यसरी पहिलो पटक सहयोग प्राप्त भएको बताउँदै ऋषिकेश थापाले यसले थप हौसला मिलेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया