सूचना-प्रवधि

नागरिक एप सार्वजनिक

इकागज |
माघ २, २०७७ शुक्रबार १६:६ बजे

काठमाडौं : करिब ३ वर्षपछि सरकारको नीति तथा कार्यक्रममा परेको नागरिक एपको सुरुवात भएको छ । तयारी पुरा भएपछि परीक्षण सुरुवात भएको हो ।सरकारका प्रवक्त एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एपको उद्घाटन गरेका हुन् ।

मन्त्रिपरिषद्‍ बैठकको निर्णय सार्वजनिक गर्न पत्रकारलाई डाकिएको थियो । तर सो पत्रकार सम्‍मेलनमा एप मात्रै सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्‍ बैठकको निर्णय अर्को पटक सार्वजनिक गर्ने मन्त्री गुरुङले जानकारी दिए ।


यो राष्ट्रिय गौरवको आयोजना पनि हो । 'धेरै अध्ययन अनुसन्धानपछि तयार भएको छ । प्राविधिक विज्ञ साथीहरूलाई धन्यवाद दिन चाहन्छु,'  गुरुङले भने, 'अझै व्यवस्थित गर्नुपर्ने छ । प्रयोगको तयारी गर्नुपर्ने । आमनागरिकको सुविधाको लागि अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेछ ।'

उनले मोबाइलबाटै सरकारी सुविधा लिन सकिने बताए । प्यान नम्बर, लाइसेन्स नम्बर, जस्ता छरिएर रहेका अभिलेखहरूलाई एकत्रित बनाउने सेवामा उल्लेख छ । अब सरकारी सेवा २४सैं घन्टा सरकारी सेवा सुचारु हुन्छ ।

 


Author

थप समाचार
x