सिनेमा

'षट्कोण'को टिजरमा हत्याको रहस्य खोज्दै कार्म

इकागज |
चैत २४, २०७८ बिहीबार ११:२ बजे

काठमाडौँ - कर्मा र भोला राज सापकोटा अभिनित सिनेमा 'षट्कोण'को टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाको टिजरमा कार्म छाएका छन् ।
 
सार्वजनिक टिजरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा दखिएका छन् । सिनेमालाई मिलन डि काप्रीले निर्देशक गरेका हुन् । यो उनको डेव्यु निर्देशन रहेको सिनेमा हो । सार्वजनिक टिजरबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएका छन् ।
 
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी वैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पूर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।

सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलावा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको  सम्पादन छ । क्लेमेन्टाइन प्रोडक्सनको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको सिनेमालाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

 



Author

थप समाचार
x