हिमालबाट ११ टन फोहोर संकलन
काठमाडौँ - नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत ११ टन फोहर संकलन गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित सफा हिमाल अभियान २०२४ को समापन समारोहमा सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले ५० दिनको अवधिमा ११ टन फोहर संकलन गरिएको जानकारी दिए ।
त्यस्तै ४ वटा शव र एक अस्थिपञ्जर संकलन गरिएको र आवश्यक कानुनी प्रक्रिया प्रश्चात शिक्षण अस्पतालमा पठाइएको उनले बताए ।
अभियान अन्तर्गत सेनाका १० जना, शेर्पाका १८ जना लगाएका टोली खटिएको पनि देउजाले बताउनुभयो । फोहोरका अलावा हिमालमा लामो समयदेखि रहेका मानव शव संकलन निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियानले हिमाली क्षेत्रलाई फोहोरमुक्त बनाउन चेतना दिने विश्वास व्यक्त गरे ।
उनले आवश्यक परेको खण्डमा उच्च हिमाली क्षेत्रमा हुनसक्ने संकट तथा अन्य अवस्थामा परिचालन हुनुपरे सेनालाई आवश्यकता अनुसार तालिम पनि दिइएको बताए ।
सफाइ अभियान सञ्चालन गर्नु जटिलका साथै साहसिक काम भएको र सेनाले सफलता पूर्वक सम्पन्न गर्न सफल भएको उनले बताए ।
उनले जलवायु परिवर्तनको असर हिमालमा देखिएको र वातावरणलाई असर पुराइरहेको धारणा राखे ।
कार्यक्रममा सफा हिमाल अभियानलाई सफल पार्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया