डिफेन्स

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

इकागज |
माघ १५, २०८१ मंगलबार १६:३९ बजे

काठमाडौं - नेपाली सेनाले सेना दिवसका अवसरमा फोटो तथा बृहत् प्रदर्शनी आयोजना गरेको छ ।

मंगलबारदेखि जङ्गी अड्डामा सुरु भएको फोटो तथा बृहत् प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरुको प्रदर्शनी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालय लगायत गतिविधिको प्रदर्शनी समेत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले जानकारी दिए । 

आम नागरिकलाई सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकन कर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको सेनाले जनाएको छ । 

तर, आज भने सबै स्टलहरू नखुलेको प्रदर्शनीमा पुगेका अवलोकन कर्ताले बताए । भोलिबाट सबै स्टल खुल्ने सेनाले जनाएको छ ।


Author

थप समाचार
x