मन्त्रीपरिषद् बैठक
शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस
काठमाडौँ - सरकारले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले रथी शर्मालाई कायममुकायमबाट पूर्ण प्रधानसेनापति नियुक्तीका लागि सिफारिसगर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
हाललाई कामुु प्रधानसेनापति शर्मालाई महारथीमा पदोन्नोनती गरेर प्रधानसेनापति नियुक्तीको प्रक्रिया सुरु गरेको हो । सेना भित्रको प्रक्रियाका लागि केही समय लाग्ने हुनाले पनि सरकारले तीन साता अघि नै यो प्रक्रिया अघि बढाएको हो । उनी आगामी २५ गतेबाट प्रधानसेनापति हुनेछन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाशमा जानेभएपछि शर्मालाई कायममुकायम मुकरर गर्ने परम्परा अनुसार हाल शर्मा कायम मुुकायम पदमा छन् । प्रधानसेनापति थापाको कार्यकाल २४ भदौंमा सकिदैछ । त्यसको एक महिना अघि अर्थात साउन २५ वाट उनी एकमहिना बिदामा छन् ।
काठमाडौँमा २०२० पुसमा जन्मिएका शर्मा पुरानो गोरख गणबाट सैन्य अधिकृत हुन । उनले नेपालबाट कम्पनी कमाण्ड तथा स्टाफ अफिसर कोर्स र वार कलेज पास गरेका हुन् । सैनिक सेवामा पृतना, गण र गुल्मको सफलता पूर्वक कमाण्ड गरेका रथी शर्माले सैनिक सचिव, विभिन्न सैन्य विभागको महानिर्देशक र बंगलादेशमा सैनिक सहचारीको भूमिका समेत निभाएका छन् ।
त्रिभुवन विश्व बिद्यालयबाट इतिहासमा स्नातोकोत्तर शर्माले भारतको मद्रास विश्व बिद्यालयबाट फिलोसोफीमा समेत स्नातोकोत्तर र अमेरिकाबाट विभिन्न प्रशिक्षण लिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया