डिफेन्स

स्वयं सेवकको भूमिकामा सेनाका अधिकृत विषयक सेमिनार सम्पन्‍न

इकागज |
फागुन ९, २०७७ आइतबार १९:३८ बजे

काठमाडौँ : "स्वयं सेवक भूमिकामा सेनाका अधिकृत विषयक सेमिनार आइतबार सम्पन्न भएको छ । सेनाको राष्ट्रिय सेवादलले जंगी अड्डामा गरेको सेमिनारके प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका थिए । 

प्रधानमन्त्री औलीले रचना गरेको "म मेरो देश बनाउँछु" बोलको गीतको भिडियो क्लिप प्रदर्शनसहित सेमिनार सुरु भएको थियो । सेमिनारमा प्रधानमन्त्री औलीले सेनाबाट तालिम प्राप्त अधिकृतहरूले तालिममा सिकेका सिप तथा कौशल सामाजिक सेवा तथा सम्पदाको संरक्षणमा निस्वार्थ प्रयोग गरिनु पर्ने बताए । उनले बिज्ञान तथा प्रविधीको उच्चतम उपयोगबाट शिक्षा स्वास्थ्य तथा विकासमा पछि परेको अवस्थाबाट देशलाई अगाडी बढाउँदै सरकारले अवलम्बन गरेको "समृद्ध नेपाल: सुखी नेपाली" को आकांक्षा प्राप्त गर्न सकिने बताए । 


कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्र, समाज र जनजीवनले सामना गरिरहेका तथा भविष्यमा आइपर्न सक्ने सम्भावित संकट एवं चुनौतीलाई सामना गर्न देशको बिद्यमान स्रोत, साधन तथा जनशक्ति सदा पर्याप्त हुन नसक्ने तथ्यलाई मनन् गर्दै राष्ट्रिय सेवा दल तालिमबाट दिक्षित, अनुशासित तथा कर्तव्यनिष्ठ युवा सहयोगी स्वयं सेवकको रुपमा परिचालन हुन सामर्थ्यवान भएको बताए । 


 


Author

थप समाचार
x