डिफेन्स

तनहुँमा कैदीबन्दीबीच झडप, पाँच घाइते

इकागज |
फागुन १६, २०७७ आइतवार १९:४७ बजे

फाइल तस्बिर

दमाैली  : दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कारागारमा हाल रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्तिलाई राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीच विवाद हुँदा झडप स्थिति भएको बताइएको छ । घटना पश्चात प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेल, जेलर र कैदीबन्दीबीच कारागारमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  रासस 



Author

थप समाचार
x