रिभर फल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं- रिभर फल्स पावरको आइपीओका लागि आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार गत वैशाख २८ गते बिक्री खुला भएको आइपीओमा मागभन्दा करिव ७ गुणा आवेदन परेको छ । १०० रुपैयाँ अंकित दरले २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुलाएको हो।
जसमध्ये कम्पनीले ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्तामा आज बैंकिङ समय सम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया