साताको सेयर बजार
नेप्से ११ अंकले घट्यो, कारोबार रकम निराशाजनक
काठमाडौँ- यस साता सेयर बजार परिसूचक ११ अंकले घटेको छ। साताभरको कारोबारमा सेयर बजार परिसूचक ११.३१ अंकले घट्न पुगेको हो । गत साता १ सय १५ अंकले घटेको बजार यस भने २३ अंकले मात्र ओरालो लागेको छ।
गत साताको शुक्रबार २२३५ दशमलव ९ अंकमा रहेको बजार यस साताको अन्तिम कारोबारको दिन शुक्रबार ११ अंक घटेर २२२३ दशमलव ७८ अंकमा झरेको छ।
साताको पहिलो र अन्तिम कारोबारमा घटेको बजार अन्य कारोबारमा भने सामान्य अंकले बढेको हो । पहिलो कारोबारको दिन सोमबार ३४ अंक र अन्तिम कारोबारको दिन शुक्रबार १६ अंकले घटेको थियो। त्यस्तै मंगलबारको कारोबारमा १६ अंक, बुधबार १४ अंक र बिहीबार ८ अंकले बढेको थियो।
साताभर नेप्से परिसूचक ११ अंकले घट्दा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक ४.१३ अंकले घट्यो । त्यस्तै फ्लोट १.५४ अंक तथा सेन्सेटिभ फ्लोट १.१२ अंकले घटेको छ।
उप-समूहतर्फ यस साता बैंकिङ ५ दशमलव ९ अंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ ८ दशमलव ५७ अंक तथा म्युचुअल फण्ड ०.०२ अंकले बढ्दा अन्य समूह भने घटेका छन् ।
त्यस्तै व्यापार १ दशमलव ४६ अंक, होटेल तथा पर्यटन ६१ दशमलव ७६ अंक, विकास बैंक ४२ दशमलव ५८ अंक, जलविद्युत ५ दशमलव २० अंक, फाइनान्स २१ दशमलव ७२ अंक, निर्जीवन बीमा ६६ दशमलव ३१ अंक, अन्य समूह १ दशमलव ७९ अंक, माइक्रो फाइनान्स समूह ०.४५ अंक, बीमा समूह ० दशमलव ७३ अंक, म्यचुअल फण्ड ० दशमलव ०४ अंक तथा लगानी समूह ० दशमलव ५८ अंकले घटेका छन् ।
कारोबार रकममा पनि यस साता खासै बढ्न सकेन। साताभरमा करिव ७ अर्ब रूपैयाँ बराबरको कारोबार भएको देखिन्छ । साताको दोस्रो दिनको कारोबारमा सबै भन्दाबढी १ अर्ब ८८ करोड रूपैयाँको कारोबार र सबैभन्दा कम ८८ करोड रूपैयाँको कारोबार भएको देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया