बजेटले तानेन सेयर लगानीकर्ताको ध्यान, ५० अंकले घट्यो परिसूचक
फाइल फोटो
काठमाडौँ - साताको पहिलो कारोबारमा सेयर बजार उल्लेख्य गिरावट देखिएको छ । सोमबार बजार परिसूचक ५०.३३ अंकले घटेको हो ।
गत साता २२२३ दशमलव ७८ अंकमा रहेको बजार आजको कारोबार पश्चात घटेर २१७३ दशमलव ४४ अंकमा ओर्लिएको छ । कतिपय सेयर विश्लेषकहरू सरकारले आइतबार संसदमा प्रस्तुत गरेको बजेटमा पूँजी बजारलाई सम्बोधन नभएका कारण लगानीकर्ताहरू निराश हुँदा बजार उच्च गिरावट तर्फ गएको बताउँछन् ।
आज सेयर बजार परिसूचक २ दशमलव २६ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक १०.३३ अंक अर्थात २ दशमलव ३८ प्रतिशतले घटेको छ । त्यस्तै फ्लोट ३.२३ अंक तथा सेन्सेटिभ फ्लोट ३.१३ अंकले घटेको छ। ५० अंकले बजार घट्दा आज कारोबार भएका २ सय २७ कम्पनीमा जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १ सय ८७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
परिसूचक |
हाल |
परिवर्तन |
प्रतिशतमा |
---|---|---|---|
नेप्से |
२,१७३.४४ |
५०.३३ |
२.२६ |
सेन्सेटिभ |
४२२.७४ |
१०.३३ |
२.३८ |
फ्लोट |
१४९.०२ |
३.२३ |
२.१२ |
सेन्सेटिभ फ्लोट |
१३५.४० |
३.१३ |
२.२६ |
उल्लेख्य रूपमा बजार घट्दा आज १ अर्ब ३३ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । २ सय २७ कम्पनीले कारोबार गर्दा सोमबार १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २ सय ८२ रूपैयाँको ३४ लाख ५६ हजार ५ सय २९ सेयर २६ हजार ९ सय ४९ पटकमा खरिद विक्री भएको छ।
उल्लेख्य रूपमा घटेको बजारमा बलेफी हाइड्रो, उपकार लघुवित्त, गणपति लघुवित्त, नेपाल एसबीआई बैंक डिबेन्चर,सानिमा लार्ज क्याप लगायतको सेयर मूल्य उच्च कमाउनेमा परेका छन् ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक, ज्योती लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टी प्रपोज फाइनान्स, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोका सेयर लगानीकर्ता बढी गुमाउनेमा परेका छन् ।
उप-समूह तर्फ १३ ओटै समूहको सेयर मूल्य घटेको छ ।
उप-समूह |
हाल |
परिवर्तन |
प्रतिशतमा |
---|---|---|---|
बैंकिङ |
१,५१७.३६ |
३१.५१ |
२.०३ |
व्यापार |
१,८६५.७५ |
६२.११ |
३.२२ |
होटेल र पर्यटन |
२,७९२.०४ |
३८.९८ |
१.३८ |
विकास बैंक |
३,७१५.६० |
९७.५१ |
२.५६ |
हाइड्रोपावर |
२,४८५.३३ |
६७.१३ |
२.६३ |
फाइनान्स |
१,५७०.८४ |
३९.१३ |
२.४३ |
नन लाइफ इन्स्योरेन्स |
९,२३३.५० |
२४८.९५ |
२.६३ |
म्यानिफ्क्चरिङ एण्ड प्रोसेसिङ |
५,२५०.२९ |
१२७.६ |
२.३७ |
अन्य |
१,५९९.५० |
४६.८५ |
२.८५ |
माइक्रो फाइनान्स |
४,४७८.१५ |
७१.५९ |
१.५७ |
लाइफ इन्स्योरेन्स |
१०,४७२.८८ |
३०६.६९ |
२.८५ |
म्युचअल फण्ड |
१५.०१ |
०.३२ |
२.११ |
लगानी |
७०.२७ |
१.६ |
२.२२ |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया