सेयर

रोकिएन सेयर बजार घट्नेक्रम, परिसूचक २१३७ विन्दुमा ओर्लियो

इकागज |
जेठ १७, २०७९ मंगलबार १५:२६ बजे

काठमाडौँ – सेयर बजारको ओरालो यात्रा साताको दोस्रो कारोबारको दिन पनि कायम रह्यो। मंगलबार सेयर बजार परिसूचक ३५.५३ अंक घटेको हो। साताको पहिलो कारोबारमै बजार परिसूचक ५० अंक घटेको थियो। त्यस्तै आज पनि बजार परिसूचक तीव्र उतारचढावबीच ३५ अंकले घटेको छ। सोमबारको कारोबारमा २१७३ दशमलव ४५ अंकमा ओर्लिएर बन्द भएको बजार परिसूचक आजको कारोबार पश्चात घटेर २१३७ दशमलव ९२ विन्दुमा पुगेको छ ।

आज सेयर बजार परिसूचक १ दशमलव ६३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक ७.११ अंक अर्थात १ दशमलव ६८ प्रतिशतले घटेको छ । त्यस्तै फ्लोट २.४ अंक तथा सेन्सेटिभ फ्लोट २.१ अंकले घटेको छ। ३५ अंकले बजार घट्दा आज कारोबार भएका २ सय २९ कम्पनीमा जम्मा १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १ सय ७५ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।


३५ अंकले बजार परिसूचक घट्दा आज १ अर्ब ३१ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको १ अर्ब ३३ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो । २ सय २९ कम्पनीले कारोबार गर्दा सोमबार १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रूपैयाँको ३७ लाख ६९ हजार ८ सय १२ कित्ता सेयर २७ हजार ५ सय १९ पटकमा खरिद विक्री भएको छ।

घट्दो बजारमा उपकार लघुवित्त, एनएमबि डिबेन्चर, सामलीङ पावर कम्पनी, एनआइसी एसिया ग्रोथ फण्ड, लाइफ इन्स्योरेन्स कर्पोरेसन लगायतको सेयर मूल्य उच्च कमाउनेमा परेका छन् ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टी प्रपोज फाइनान्स,  प्रभु इन्स्योरेन्सका सेयर लगानीकर्ता बढी गुमाउनेमा परेका छन् । उप-समूह तर्फ आज म्युचुअल फण्ड बाहेक बाँकी १२ समूहका सेयर मूल्य घटेको छ ।

 


Author

थप समाचार
x