बुधबार ७ अंकले घट्यो सेयर बजार परिसूचक
काठमाडौँ - सेयर बजारको ओरालो यात्रा साताको तेस्रो कारोबारको दिन पनि कायम रह्यो । बुधबार सेयर बजार परिसूचक ७.१९ अंक घटेको हो। साताको पहिलो कारोबारबाटै ओरालो लागेको बजार परिसूचक तेस्रो कारोबारमा पनि कायम रह्यो।
मंगलबारको कारोबारमा २१३७ दशमलव ९२ अंक बन्द भएको बजार परिसूचक आजको कारोबार पश्चात घटेर २१३० दशमलव ७३ अंकमा ओर्लिएको छ ।
आज सेयर बजार परिसूचक ० दशमलव ३४ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक १.१६ अंक अर्थात ० दशमलव २८ प्रतिशतले घटेको छ । त्यस्तै फ्लोट ०.४३ अंक तथा सेन्सेटिभ फ्लोट ०.२९ अंकले घटेको छ। ७ अंकले बजार घट्दा आज कारोबार भएका २ सय २७ कम्पनीमा १ सय १ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
७ अंकले बजार परिसूचक घट्दा आज १ अर्ब रूपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १ अर्ब ३१ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो । २ सय २९ कम्पनीले कारोबार गर्दा बुधबार १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १ सय ८२ रूपैयाँको ३० लाख २० हजार ६७ कित्ता सेयर २३ हजार १ सय ३४ पटकमा खरिद विक्री भएको छ।
घट्दो बजारमा मैलुङ खोला जलविद्युत परियोजना, बलेफी हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, माउन्टेन इनर्जी नेपाल लगायतको सेयर मूल्य उच्च कमाउनेमा परेका छन् ।
त्यस्तै शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, गुराँस लघुवित्त,लाइफ इन्स्योरेन्स कर्पोरेसन, मानुषी लघुवित्तका लगानीकर्ता बढी गुमाउनेमा परेका छन् ।
उप-समूह तर्फ आज विकास बैंक, जलविद्युत र फाइनान्स समूह बाहेक अन्य समूहको सेयर मूल्य घटेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया